महराको डीएनए परीक्षण हुने

maharane

 काठमाडौं । बलात्कारअभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पेस गरिने भएको छ । उच्च रक्तचापलगायतका स्वास्थ्य समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महराको स्वास्थ्य सुधार भएपछि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भएको स्रोतले बतायो ।

 महरालाई शुरुमा सरकारी वकिलसमक्ष बयानका लागि पेस गरिने र त्यसपछि अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

  उता पीडित भनिएकी रोशनी शाहीको कोठामा भेटिएको फुटेको चश्मा, जुत्ताको तलुवा, रक्सीको बोतल तथा गिलासको पहिचान गर्न महराको डीएनए परीक्षण तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित