चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल र ऐतिहासिक : प्रचण्ड

prachanda_2

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको दावी गरेका छन् ।

नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताउँदै उनले भने –‘अहिले त्रिदेशीय साझेदारीको आर्थिक रणनीतितिर जाने आधारहरु तयार हुँदै गरेको, राजनीतिक रुपले समझदारी बन्दै गरेको छ ।’

अध्यक्ष दाहालले आफूले विगतमा त्रिदेशीय साझेदारीको वकालत गर्दै आएको पनि बताए ।

दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने–‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका धेरै आयात छन्, त्यसको एउटा महत्वपूर्ण पक्ष त्रिदेशीय साझेदारीको आधार बनाउनु समेत हो ।’

प्रतिक्रिया

सम्बन्धित