जोर्डनसँग नेपाल पराजित

nepal

  काठमाडौं । विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति भएको दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपाल पराजित भएको हो ।

खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । बलियो टोली मानिएको जोर्डनसँग पराजित भएसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सबै अवे खेल खेलिसकेको छ ।

नेपालले पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने ३ गोल खान पुग्यो ।

खेलको ५६औं मिनेटमा नेपालले गोल खायो । फिरास शालबयाले पेनाल्टीबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । खेलको ७८औं मिनेटमा अहमद इर्सानले गोल गरेपछि जोर्डन २–० गोलले अघि रहृयो ।

दुई गोल खाएसँगै निकै दबावमा आएको नेपालले खेलको ८८औं मिनेटमा अर्को गोल खान पुग्यो । बाहा फइसलले गोल गर्दै जोर्डनलाई ३–० गोलको जित दिलाए ।

नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ । विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित