गृहमन्त्रीको हस्तक्षेपले दिन प्रतिदिन असफल बन्दै आईजीपी, सुरु भयो दिनगन्ती

काठमाडौं  । सिपाहीदेखी डिअाईजीसम्मको सरुवामा गृहमन्त्रीको ठाडो हस्तक्षेप हुँदा समेत निरिह बाहेक कुनै कदम चाल्न नसकेका प्रहरी महानिरीक्षक(आईजीपी) प्रकाश अर्याल तनावमा परेका छन् । प्रहरी उपरीक्षक (एसपी) सरुवाको निर्णय दुई दिन पनि टिक्न नसकेपछि आईजीपी अर्याल के गर्ने भन्ने कुनै ठोस निर्णयमा पुग्न सकेका छैनन् । मंगलबार मात्रै ७० जना एसपीको सरुवा निकालेका अर्यालले बुधबार गृहमन्त्री जनार्दन शर्माले सरुवा सच्चाउन निर्देशन दिएपछि अन्योलमा परेको स्रोतको भनाइ छ ।

 धनुषा जिल्लाका एसपी लालमणी आचार्यको ठाउँमा  एसपी मीरा चौधरीलाई सरुवा गरिएको थियो । तर, चुनावको मुखमा पहिला देखी हुँदै आएको तस्करी र गैरकानुनी गतिबिधीको सेटिङ भत्किने डरले पूर्व उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आपत्ति जनाएपछि चौधरीको सरुवा रोकिएको छ ।

 देउवालाई स्थानीय तहको दुई नम्बर प्रदेशको चुनाव अघि आफ्नो जिल्लाको एसपी नचलाईदिन अनुरोध गरेपछि देउवाले गृहमन्त्री जनार्दन शर्मालाई सरुवा सच्चाउन निर्देशन दिएका थिए । प्रहरी स्रोतका अनुसार आईजीपी अर्यालले आफ्नै सचिवालयका प्रहरी अधिकारीलाई समेत विश्वास गर्दैनन् भने उनी पुर्व उपेन्द्रकान्त अर्यालको सल्लाहमा चल्दै आएका छन् ।

 उपेन्द्रकान्तले राजनीतिक रुपमा आउने दवाबलाई हल्का रुपमा लिंदै इन्कार गर्दथे। तर, अहिलेका आईजीपी अर्याल भने अदालतको मुद्दाको टुङगो नलागेसम्म राजनीतिक रुपमा आउने कुनै पनि दबाबलाई इन्कार गर्न सक्ने अवस्थामा छैनन् । मिडियामा राम्रो छबी बनाउन नसकेका अर्याल असफल हुन थालेपछि उनको दिनगन्ती सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित