गएराती पक्राउ परेका प्रतिवन्धित विप्लव समूहका २१ जनाको नाम सार्वजनिक

biplaben

  काठमाडौं । प्रहरीले गएराती पक्राउ परेका प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लब’ समूहका २१ जना नाम सार्वजनिक गरेको छ ।

५ नंं प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले विप्लब समूहको राप्ती ब्युरो बैठकमा छापा हान्दा २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बिप्लवको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर दाङको राजपुर गाउँपालिका–४ मा बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर ‘वीरगञ्ज’सहितका २१ जना नेता कार्यकर्ता रहेका छन् । वीरगञ्ज हाल केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज थिए ।

त्यसैगरी पक्राउ पर्ने अन्य नेताहरुमा राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर ‘सुवास’, राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ‘सुन्दर’, कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल ‘विक्रम’, जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी ‘जंगली’ रहेका छन् ।

त्यसैगरी बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा ‘महान’, पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा पनि पक्राउ परेका छन् ।

त्यस्तै जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा राखिएको छ ।

पक्राउका क्रममा महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिदलगायत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित