असहयोग गर्ने कर्मचारीहरुको हिसाब राख्छौं : सभापति देउवा

sher bahadur deuba

  भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरुलाई कामबाट नै कम्युनिष्ट भन्दा फरक बनेर देखाउन आग्रह गरेका छन् ।

भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुरू गरेको कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कम्युनिष्ट सरकारले भन्दा राम्रो काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन् ।

उनले भने–‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्‍यो।’

जनप्रतिनिधिहरुले जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्ने भन्दै सभापति देउवाले जनताको करबाट पारिश्रमिक खाने कर्मचारीहरूले पनि यो वा त्यो कुनै पार्टीमा लागेर काम गर्न नहुने बताए ।

कतिपय कर्मचारीहरुले पार्टीको नाममा असहयोग गरेको जनगुनासाहरु आइरहेको भन्दै उनले भने–‘कर्मचारीले असहयोग गरे भने हामी हिसाब राख्छौं।’ प्रशिक्षणमा देशभरका तीन सय भन्दा बढी स्थानीय तहबाट प्रतिनिधि आएका छन्।

प्रतिक्रिया

सम्बन्धित