चुडामणीको स्वार्थमा जोडिए विवादास्पद ब्यापारी खेतान, गोर्खा ब्रुअरीलाई ८६ करोड कर छुट

काठमाडौं। अर्बौ घोटलामा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका चुडामणी शर्माले  राजेन्द्र खेतानको   गोर्खा ब्रुअरी कम्पनीलाई लाई समेत ८६ करोड रुपियाँभन्दा बढि कर छुट दिएको तथ्य फेला परेको छ ।  खेतानको गोर्खा ब्रुअरीले ८६ करोड ९१ करोड ४४ लाख १८ हजार ५०१ रुपियाँ कर तिर्न बाँकी रहेकोमा पाँच करोड ३० लाख रुपियाँ मात्रै तिराएर बाँकी मिनाहा गर्ने काम गरिएको हो । खेतान अध्यक्ष रहेको र आफ्नै लगानीको एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट  हिमालय स्न्याक्सलाई झूटा विवरणको आधारमा दाबी भुक्तानी गरेर ठगी गरेको भन्दै बिमा समितिले कारबाही अगाडि बढाएपछि  फरार रहेका थिए । खेतानलाई जोगाउन  केही व्यवसायीदेखि राजनीतिक दलका नेता र कर्मचारीहरु लागिपरेका छन् ।

 ठगीमा संलग्न रहेको, नियतबस बैंकको ऋण नतिरी कालोसुचीमा परेका खेतानलाई कर छुट दिलाउनेदेखि मानपदवी दिलाउने काम भएको थियो ।अहिले अख्तियारले खेतान ग्रुप सँग सम्बन्धित कम्पनीका फाइलहरु झिकाउने तयारी गरेको छ। राजेन्द्र र उनका भाइहरु प्रेमप्रकाश र चन्द्रप्रकाश संलग्न कम्पनीहरुले सानिमा बैंकको ऋण नतिरेपछि कालोसुचीमा परेका थिए भने एभरेष्ट इन्स्योरेन्ससँगको ठगी मुद्दा अझै पनि सर्वोच्चदेखि पाटन उच्च अदालतसम्म चलिरहेको छ ।

 त्यसबाहेक मायोज, हम्टीडम्टी र चिजबल्स लगायत जंकफूड उत्पादन गर्दै आएको कम्पनी हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिका उत्पादनहरु गुणस्तरहीन भन्दै सरकारले बन्द गरिदिएपछि वितरकहरुकोमा रहेका खान अयोग्य ती उत्पादनहरु पनि फिर्ता लिन नमानेको र आफूहरुले धरौटीका लागि राखेको रकम समेत निकालेर खाइदिएको भन्दै वितरकहरुले खेतानविरुद्ध गर्दै आएको आन्दोलन अझै टुँगिएको छैन । एभरेष्ट इन्स्योरेन्सको प्रकरणपछि प्रहरीले पक्राउ गर्ने भएपछि भारत र तेस्रो मुलुकमा लुक्दै आएका राजेन्द्र खेतान हिजो आज केही कार्यक्रमहरुमा फाट्ट फुट्ट देखिन थालेका छैन ।

 अझै पनि उनी खुलेर कुनै पनि सार्वजनिक कार्यक्रममा जान नसकेका खेतानले तिर्नुपर्ने झण्डै एक अर्ब रुपियाँ मात्रै ठूलो हिस्सा कर छुट दिने काम भएको हो । विभिन्न अभियोगमा प्रहरीबाट पक्राउ पर्ने डरले लुक्दै हिँडेका  खेतानलाई गणतन्त्र दिवसमा मानपदवी प्रदान गरेर सरकारले उल्टै सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित