र्‍यापर भिटेन अपराध महाशाखाकाे नियन्त्रणमा

biten

  काठमाडौं । महानगरीय अपराध महाशाखाले ‘हामी यस्तै त हो नि ब्रो...’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका भिटेन भनिने समिर घिसिङलाई पक्राउ गरेको छ ।

चर्चामा रहेको उनको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतका शब्द र तस्विरहरु राखिएका छन् ।

उनलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।  महाशाखा प्रमुख एसएसपी थापाले भिटेनमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको जानकारी गराए ।

प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर।।।’ भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छाडेको थियो।

प्रतिक्रिया

सम्बन्धित