ट्रकमा मृत भेटिएका ३९ जना चिनियाँ नागरिक

truck

  काठमाडौं । बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र भेटिएको ३९ जनाको शव चिनियाँ नागरिकको भएको खुलेको छ ।

बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् ।

यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको छैन । शवको पहिचान आफूहरूको प्रारम्भिक कार्य भएको त्यहाँ कार्यरत प्रहरीको भनाइ छ ।

घटनाबारे चिनियाँ र बेलायती दुवै पक्षको प्रतिक्रिया आउन बाँकी छ ।

बुधबार पूर्वी लन्डनको ग्रेजमा ट्रकको पछाडि ३९ शव भेटिएको थियो । शव भेटिएको १ दिनपछि ती चिनियाँ नागरिक भएको खुलेको हो ।

सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ। तर, ट्रक कहाँबाट बेल्जियम आइपुगेको थियो यकिन छैन।

मृतकमध्ये ३८ बयस्क र १ जना किशोर रहेको अधिकारीहरूले जनाएका छन् । यी चिनियाँ नागरिक बेल्जियमबाट डुंगामा आएको बताइएको छ ।

शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाइ छ ।

यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।

प्रतिक्रिया

सम्बन्धित