६० यात्रु लिएर पहिलो पटक बेइजिङ उड्यो नेपाली जहाज

himalaya

  काठमाडौं । नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो पटक चीनको राजधानी बेइजिङमा उडान थालेको छ । आइतबार बिहान ९ बजे हिमालय एयरलाइन्स काठमाडौंबाट बेइजिङका लागि उडेको हो ।

आज विहान ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो । नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा दर्ता भएको कम्पनीबाट चीनको राजधानी बेइजिङका लागि सिधा उडान भएको हो । विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईबाट ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो ।

अब हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ । बिहान उड्ने जहाज राति १० बजे काठमाडौं आइपुग्नेछ । त्यसपछि भने साताको तीन उडान पु¥याउने र त्यसको केही समयभित्रै दैनिक उडानको तयारी भइरहेको एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित