सांसद महेश बस्नेतले गरे ५० लाख सहयोग गर्ने घोषणा


mahesh-basnet-7
भक्तपुर।
नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रिय बिभूति तथा नेपाल संबतका प्रवर्तक शंखधर साख्वाको स्मृतिमा स्थापना गरिएको शंखधर साख्वाः प्रतिष्ठानको कार्यालय निर्माणको लागि रु ५० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकाले निर्माण गर्न लागेको शंखधर साख्वाः स्मृति पार्क, शंखधर सङ्ग्रहालय लगायतका गुरुयोजना पूरा गर्न सांसद् विकास कोषबाट उनले सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।


नेपाल संवत् ११४० को अवसरमा मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले शंखधर साख्वाःले आफ्नो नीजि सम्पतीलाई जनताको ऋण मोचन गर्दै सरकारीकरण गर्दै उहाँको नै नीजि स्वार्थ, अहमता, अवसरवादी चिन्तर, चरित्रजस्ता कुरालाई हटाउने प्रेरणा प्राप्त प्रदान गरेको उल्लेख गर्दै नेपाल सरकार उक्त साख्वाःको हिस्सेदारी हुन आवश्यकता रहेको बताए । उनले नेपाल संम्वतलाई सरकारले सम्मान स्वरुप सार्वजनिक विदा दिएको विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

प्रतिष्ठानले विशेष गरी वर्तमान समयमा शंखधर संस्कृति पार्क, कार्यालय निर्माण, शंखधरको शालिकलाई देशभर फैलाउने तीन वटा संकल्प लिएको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त तीन कार्यको लागि ९ करोडको मास्टर प्लान बनाएको जसको लागि नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको बताए ।

सांसद बस्नेतले सरकारले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्दै, धार्मिक, सांस्कृतिक तथा पौराणीक सम्पदा वस्तीको संरक्षणको निम्ती विशेष योजना तथा बजेटको व्यवस्थापन समेत गरेको जानकारी गराउँदै भक्तपुरको दक्षिण बाराहीदेखी नीलबाराहीसम्मको क्षेत्र नेवारी कला र संस्कृतिको विशेष क्षेत्र भएको उल्लेख गर्दै भक्तपुरको आर्थिक विकास र समृद्धिको लागि जातीय संग्रालय र इको पार्क बनाउनु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्क, शंखधर सामुदायिक भवन निर्माणको गुरुयोजना प्रस्तुत गर्दै रु १२ करोडको लागत रहेको गुरुयोजना पूरा गर्न नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको र बाँकी रकम प्रदेश तथा केन्द्रीय सरकारलाई सहयोगका लागि आग्रह गरेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित