थप १० शहरमा एनसेलको फोरजी सेवा विस्तार

काठमाडौं । सन् २०१८ को अन्त्य सम्ममा ४० शहरमा फोरजी सेवा विस्तार गर्ने घोषणा गरेको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले फोरजी सेवा थप १० शहरमा विस्तार गरेको छ। विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा मंगलबारदेखि एनसेलको नेटवर्कमा ग्राहकले दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवा प्रयोग गर्न सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ।

  एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले थप १० शहरमा एनसेलको फोरजी सेवा विस्तार भएको जानकारी दिए। उनले फोरजी सेवालाई द्रुतगतिमा विस्तार गर्दा धेरैभन्दा धेरै ग्राहकलाई नयाँ प्रविधि तथा अवसरको लाभ प्राप्त भएको बताए। उनले १० वटा शहरमा भएको यो सेवाविस्तारसँगै एनसेलको फोरजी सेवाको पहुँच १५ प्रतिशत जनसंख्यामा पुगेको जानकारी दिए। एनसेलले यस अघि नै काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा फोरजी सेवा विस्तार गरिसकेको छ। १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ।

प्रतिक्रिया

सम्बन्धित