म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला क्वाटरफाइनलमा

MU

  काठमाडौं । म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुबै गोल गरे । चेल्सीका लागि मिची बाटसुएयीले गोल फर्काएका थिए ।

खेलको २५औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट गोल गर्दै युनाटेडलाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको ६१औं मिनेटमा बाटसुएयीले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरी दिलाए । तर राष्फोर्डले खेलको ७३औं मिनेटमा गोल गर्दै २–१ गोलको जित दिलाएका हुन् ।

त्यस्तै, वोल्भसलाई पराजित गर्दै एस्टन भिल्ला पनि काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित