जिप दुर्घटनामा परी २ को मृत्यु, ३ जना घाइते

accident

  काठमाडौं । गएराती गुल्मीको मुसिकोट नगरपालिका–९, ददल्कामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

गुल्मीकै वामीटक्सारबाट ददल्का जाँदै गरेको लु१च ३५१४ नम्बरका पिकअप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा अर्लाङ्कोटका रामप्रसाद खरेल रहेका छन् भने अर्का एक जनाको नाम खुल्न सकेको छैन । अर्का एकजना चालकका सासुआमा रहेको बताइएको छ ।

घाइते हुनेहरुमा मुनपा ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक र बिष्णु बिक रहेका छन् । चालक ज्ञानबहादुर बिक फरार छन् ।

घाइते सोनिया चालककी छोरी र बिष्णु श्रीमती रहेको बुझिएको छ । घाइतेहरु सबैलाई उपचारका लागि बागलुङको हटिया पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित