होटल एण्ड गेष्ट हाउस एशोसियसनमा बस्यालको उम्मेदवारी

काठमाडौं । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको पाँचौ अधिवेशन यहि साउन २१ गते शनिबार हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । मोहिनीप्रसाद आचार्य अध्यक्ष रहेको एशोसियनसको नयाँ कार्यसमितिमा पनि आचार्य निर्विरोध चयन भइसकेका छन् । १७ जनाको कार्यसमिति रहेको एशोसियसनमा अन्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ । महानगरपालिकाका १३ र १४ वडामा रहेका होटल तथा रेष्टुरेन्टहरु सदस्य रहेको यस एशोसियसनमा हालसम्म ६५ जना सदस्य रहेका छन् । होटल व्यवासायी महासंघमा आवद्ध यस एशोसियसनले सदस्य संख्या ११० पु-याउने भएको छ ।

 नयाँ कार्यसमितिमा लोमस होटल एण्ड लज, कलंकीका सञ्चालक कृष्ण बस्याल (किसन) ले सचिव पदमा उम्मेदवारी दिएका छन् । युवा व्यवसायी बस्यालको उम्मेदवारीसँगै एशोसियसनमा खैला बैला शुरु भएको छ । अधिकांश सञ्चालकहरु ६० नाघेको अवस्थामा युवा व्यवसायी बस्यालले उम्मेदवारी दिएसँगै सदस्यहरुले पनि उनलाई साथ दिने भएका छन् । युवाको जोश, जाँगरका साथ नयाँ सोच र भिजन लिएर चुनावी मैदानमा उत्रिएका बस्याल अधिकांश सदस्य साथिहरुको सहयोग र सल्लाहमा नै उम्मेदवारी दिएको बताउँछन् । उनी भन्छन्–‘व्यवासयीहरुको हक हितका लागि एशोसियसनमा मैले उम्मेदवारी दिएको हुँ । अधिकांश साथीहरुसँग सल्लाह गर्दा उम्मेदावरी दिन सुझाव दिनुभयो त्यसैले पनि उहाँहरुको आग्रहलाई मैले नकार्न सकिन ।’

 नेपाल फलफुल थोक व्यवासयी संघ कुलेश्वरका पूर्व सचिव समेत रहेका बस्यालले विगत १० वर्षदेखि व्यवसायीहरुको हक हितका लागि काम गर्दै आएका छन् । संघमा रहँदा पनि व्यवासायीको हक हितमा समय खर्चेका बस्यालले एशोसियसनमा पनि बाजी मार्नेमा दुईमत छैन । कलंकीमा होटल तथा लज सञ्चालन गरिरहेका एक व्यवसायी नाम उल्लेन नगर्ने शर्तमा भन्छन्–‘यो चुनावी प्रक्रिया हो, बस्यालजीले यो क्षेत्रमा पु-याउनु भएको योगदानको कदर हामी सबैले गर्नै पर्छ । उहाँको जीत सुनिश्चित छ ।’ बस्याल आफूले जीतेको खण्डमा एशोसियसनलाई आर्थिक र अन्य विषयमा समेत सवल बनाएर अगाडि बढाउने बतउँछन् ।

प्रतिक्रिया

सम्बन्धित