तीन महिने प्रतिबन्धपछि फर्किए मेस्सी

messi_1

  काठमाडौं । तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् ।

गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३–१ गोलको जित हात पारेको थियो ।

तर, कप्तान मेस्सीले भने त्यसमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसको भागिदार आफ्नो टिम नहुने बताएपछि मेस्सीलाई कोपा अमेरिकाले तीन महिनाका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए ।

प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् ।

अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ । त्यस्तै, दोस्रो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित