इन्चार्ज नपाएपछि एसपीले फेसबुकमा लेखे - सिस्टम निकम्मा भएको मेराे देश

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७० जना प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवा गरेको छ। सरुवामा पारदर्शिता अपनाइएको भए पनि पश्चिम क्षेत्रिय कार्यलय पोखरामा कार्यरत एसपी बसन्त कुँवरले भने कुनै जिल्लाको इन्चार्ज पाएनन् ।

 चितवन जिल्लामा छंदा राम्रो काम गरेर चर्चा कमाएका कुँवरले कुनै पनि जिल्लाको प्रमुख बन्न नपाएपछि फेसबुकमार्फत आक्रोश पोखेका छन् । कुँवरले आक्रोश पोख्दै भनेका छन् -' System निकम्मा भएको मेराे देश।' स्रोतका अनुसार कुँवरले कास्कीको प्रमुख भएर काम गर्न खोजेका थिए । तर त्यहा अशोक सिंहको सरुवा भएको छ  ।

 आज भएको सरुवामा  आकर्शक स्थान मानिने रुपन्देहीमा श्याम ज्ञवालीको सरुवा भएको छ भने सुदिप गिरी पर्सा जान सफल भएका छन् ।  त्यस्तै राम्रा पोस्टिङ मानिने जिल्लाहरु क्रमश : अशोक सिंहको कास्की, मिरा चौधरीको धनुषामा, कुबेर कठायतको महोत्तरी,विष्णुकुमार केसीको झापा सरुवा भएको छ ।

 मकवानपुरमा बिकाशराज खनाल,बाँकेमा टेक बहादुर तामाङ, मोरङमा अरुण बिसि, धादिङमा ध्रुबराज राउत, नवलपरासीमा मुकुन्द आचार्य, नुवाकोटमा बिरेन्द्र बश्याल, सिन्धुपाल्चोकमा मोहन पोखरेल,इलाममा बिपिन कर्माचार्य, डोटीमा मधुसूदन लुइँटेल, स्याङ्जामा गोरखसिंह भण्डारी, बारामा राजकुमार बैदवार,सर्लाहीमा मसाउद आलम खा लगायतको सरुवा भएको छ।

प्रतिक्रिया

सम्बन्धित