आइतबार पनि सार्वजनिक विदा

chhat

  काठमाडौं । प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।

२०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।

छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ ।

संघीय सरकारले यो वर्ष १५ दिन विदा दिने निर्णय गरेको भएपनि प्रदेश सरकारले भने त्यसमा ९ दिन थप गरेको छ । संघीय सरकारको क्यालेण्डर अनुसारको १५ दिन र प्रदेश सरकारको ९ दिन विदासँगै प्रदेश २ मा यो वर्ष २४ दिन विदा तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित