सुनकोसीमा बस खस्दा ६ जनाको मृत्यु, झण्डै दुई दर्जन घाइते

bus_1

  काठमाडौं । दोलखाको माघा देउरालीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोसीमा खस्दा ६ को मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

देउरालीबाट यात्रु बोकेर काठमाडौंका लागि हिडेको बा२ख ७२४५ नम्बरको शैलुङ्गेश्वरी यातायातको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटनामा परेको हो ।


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

बसका चालक धनबहादुर तामाङलाई पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको क्षतिबारे विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । अहिलेसम्म पनि प्रहरी र स्थानीयले उद्धारमा खटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित