धर्म सत्ताको जोडिए पाखण्ड प्रदर्शन गर्न थाल्छ : उपप्रधानमन्त्री पोखरेल

ishwor

  काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले धर्मलाई सत्तासँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै मन्त्री पोखरेलले भने–‘धर्म सत्ताको सेवक बन्यो भने जनताको आस्थामा सीमित हुँदैन । त्यसले पाखण्ड प्रदर्शन गर्न थाल्छ ।’

धापासीस्थित हरिहर मन्दिरमा आज आयोजित कार्यक्रममा रामचरितमानस ग्रन्थको नेपाली अनुवादको लोकार्पण गर्दै मन्त्री पोखरेलले भने–‘धर्म नागरिकहरुको आस्था र विश्वास हो । कसैले पनि आस्थामा जोर जुलुम गर्नुहुँदैन ।’


कम्युनिष्टहरु धर्म नमान्ने भनिएकोबारे टिप्पणी गर्दै उनले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित