अपडेट : सुनकोसी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, चार दर्जन घाइते

bus_1

  काठमाडौं । दोलखाको माघा देउरालीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोसीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ४७ जना घाइते भएका छन् ।

देउरालीबाट यात्रु बोकेर काठमाडौंका लागि हिडेको बा२ख ७२४५ नम्बरको शैलुङ्गेश्वरी यातायातको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटनामा परेको हो ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको तथा ४७ जना घाइते भएको बताए । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान भएको छैन ।

घाइतेमध्ये ४७ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।

उनले नदीमा डुबेको बसको उद्दार जारी रहेको र बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले मृतक र घाइतेको संख्या बढ्न सक्ने पनि बताए ।

बसका चालक धनबहादुर तामाङलाई पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित