७० जना एसपीको सरुवा, को कहाँ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७० जना प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवा गरेको छ। आकर्शक स्थान मानिने रुपन्देहीमा श्याम ज्ञवालीको सरुवा भएको छ भने  सुदिप गिरी पर्सा जान सफल भएका छन् ।

 त्यस्तै राम्रा पोस्टिङ मानिने जिल्लाहरु क्रमश:अशोक सिंहको कास्की, मिरा चौधरीको धनुषामा, कुबेर कठायतको महोत्तरी,विष्णुकुमार केसीको झापा सरुवा भएको छ ।

   मकवानपुरमा बिकाशराज खनाल,बाँकेमा टेक बहादुर तामाङ, मोरङमा अरुण बिसि, धादिङमा ध्रुबराज राउत, नवलपरासीमा मुकुन्द आचार्य, नुवाकोटमा बिरेन्द्र बश्याल, सिन्धुपाल्चोकमा मोहन पोखरेल,इलाममा बिपिन कर्माचार्य, डोटीमा मधुसूदन लुइँटेल, स्याङ्जामा गोरखसिंह भण्डारी, बारामा राजकुमार बैदवार,सर्लाहीमा मसाउद आलम खा लगायतको सरुवा भएको छ।

सरुवा सुची यहाँ हेर्नुहोस्

https://www.nepalpolice.gov.np/images/documents/updates/sp-saruwa-2074-04-17.pdf

प्रतिक्रिया

सम्बन्धित