अख्तियारले निगरानीमा राखेका पुर्व अाईजीपी अर्याल प्रहरीको सरुवामा चलखेल गर्दै

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेका नेपाल प्रहरीका पुर्व महानिरीक्षक (अाईजीपी ) उपेन्द्रकान्त अर्यालले प्रहरीमा अझै पनि हस्तक्षेप गरेको खुलेको छ ।

 अहिले फुली लगाउन बाँकी रहेका एअाईजीदेखी डिएसपीसम्मका पदहरुको पोस्टिङमा समेत उनले चलखेल गरेको थाहा भएपछि प्रहरी अधिकारीहरु रुस्ट बन्न थालेका छन्  ।

 प्रहरीको डीएमएस बुट खरिद गर्दा करोडौं घोटला गरेको, सुन तस्करीमा मुछिएका डिअाईजी बिजयलाल कायस्थ र गिरोहलाई संरक्षण दिएको तथा लोकमानसिंह कार्कीका गैरकानुनी योजनालाई सफल बनाउन कुनै कसर बाँकी नराखेको भन्दै अख्तियारले कुनै पनि बेला अर्याललाई पक्राउ गर्न निगरानीमा राखेको स्रोतको दाबी छ ।

   अख्तियारले अनुसन्धान थालेपछि प्रहरी प्रधान कार्यालयमा छापा मार्ने भयका कारण खरिद प्रक्रियासँग जोडिएका फाइलहरु मिलाउन उपेन्द्रले  गैरकानुनी हर्कत अपनाएको प्रहरी स्रोतको दाबी छ ।

  अहिले पनि प्रहरीमा आफ्नो शक्ति देखाउन उपेन्द्रकान्तले अाईजीपी प्रकाश अर्याललाई 'उल्टो गाइड' गर्न थालेको प्रहरी स्रोत वताउँछ । जसका करण बेला बेलामा अाईजीपी अर्यालले गृहमन्त्री जनार्दन शर्माको गाली खाँदै आएका छन् ।

  बिशेष गरेर प्रहरीको खरिददेखी सरुवामा उपेन्द्रकान्तले बढी चासो राख्दै चलखेल गरेका छन् । उपेन्द्रकान्तले बिशेष गरेर कास्कीमा आफु अनुकुल एसपी पठाउन चलखेल गरेका  छन् ।

 ज्यान मार्ने उद्योगको मुद्दामा फसेका छोराको मुद्दा कुनै पनि बेला ब्युतिन सक्ने भयका कारण उनले कास्कीमा आफु अनुकुल एसपी पठाउन चलखेल गरेका हुन । अर्यालका छोरा आयुशमाथि आफ्नै साथी अनिमेश ठाकुरलाई केटी काण्डमा छतबाट धकेलेर हत्या गरेको आरोप लागेको थियो ।  तर, उक्त मुद्दा प्रहरीमा दर्ता गर्न अर्यालले दिएका थिएनन्।

प्रतिक्रिया

सम्बन्धित