सीमाको विवाद कूटनीतिक र राजनीतिक माध्यमबाट मिलाइन्छ : प्रवक्ता बाँस्कोटा

gokul_1

   काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही दिन अघि छिमेकी मुलुक भक्तपुरले जारी गरेको नयाँ नक्साको विवादको विषयमा कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थितआलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज अनावरण गर्दै प्रवक्ता बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार नअल्मलिने बताए ।

सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताउँदै उनले भने–‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ ।’

सरकारसँग राष्ट्रप्रेमको अडान रहेको जानकारी गराउँदै प्रवक्ता बाँस्कोटाले भने–‘तपाईहरु ढुक्क हुनुहोस् यो विषयमा सरकार अल्मलिँदैन । सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ ।’

प्रतिक्रिया

सम्बन्धित