अबैध हतियार पेस्तोलसहित दुई जना पक्राउ

chitwan_1

  चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले अबैध हतियार पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ तुलसीपुर उपमहानगरपालिका–१२ का मधुकर केसी र सल्या कपुरकोट गाउँपालिका–५ का नारायण बुढाथोकीलाई आज बिहान राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

प्रहरी हवल्दार किशोर दासको कमाण्डमा खटीएको ३ जनाको टोलीले हर्दी स्थित तामाङ व्लक उद्योग अगाडी पुर्वपश्चिाम राजमार्ग छेउमा बा८५प ८०८४ न।को १५० सि।सि।पल्सर मोटर साईकल देखि शंका लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल देखि ५ मिटर दक्षिण तर्फ रहेको धानको परालमा लुकी बसेका केसी र बुढाथोकीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि खानतलासी गर्दा केसीको साथबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान र सोमा लाग्ने गोली ५ राउण्ड फेला परेको हो ।

पक्राउ परेका केसी र बुढाथोकीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान तथा कारवाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त कसुरमा बरामद हातहतियार जफत गरी ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवानाको सजाँय हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित