सिआईबी,परिसर र महाशाखामा कडा प्रतिस्पर्धा

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका एसएसपी डिआईजी बढुवा सुचिमा परेसँगै परिसरमा आउन बढुवा सुचिमा परेका एसएसपीहरु शक्ति केन्द्र धाउन थालेका छन् । केही दिनमै एसएसपी छबिलाल जोशी र ठूले राईले डिआईजीको फूँली लगाउने भएपछि काडमाडौं र ललितपूर परिसरमा नयाँ एसएसपीको खेल सुरु भएको हो ।

 ललितपुरर र काठमाडौं परिसरको एसएसपी परिबर्तन सँगै अपराध महाशाखाका एसएसपी पनि परिबर्तन गर्ने तयारीमा आईजी र गृहमन्त्री छन् । भागबण्डा मिलाउन बढुवा सुचिमा नपरेपनि महाशाखाका एसएसपी दिनेश अमात्यको पनि सरुवाको तयारी गृह मन्त्रालयले गरेको छ ।

 स्रोतका अनुसार आईजी प्रकाश अर्यालले पुराना एसएसपीलाई महाशाखा सहित परिसरको जिम्मा दिनु पर्छ भन्नेमा छन भने गृहमन्त्री एसएसपी बढुसा सिफारिसमा परेका नयाँ एसएसपी लाई महाशाखा सहित काठमाडौं, ललितपूर र महाशाखाको जिम्मा दिने तयारीमा छन् । गृहमन्त्रीको रोजाईमा अपराध महाशाखामा धिरज प्रताप सिंह, काठमाडौं परिसरमा दिबेशलोहनी र ललितपुर परिसरमा प्रद्युन कार्कीलाई पठाउने तयारीमा छन् ।

 उता आईजी अर्याल भने काठमाडौं परिसरमा एक नम्बर बढुवा सुचिमा बिश्वराज पोखरेललाई पठाउने अडानमा छन् । पोखरेललाई नभए हाल काठमाडौं परिसरको किलो २ मा कार्यरत कार्कीलाई किलो १ बनाएर त्यहि राख्ने खेलमा आईजी अर्याल छन् । दाङमा उल्लेखिनिय काम गरेका धिरज प्रताप सिंहलाई महाशाखा पठाउन भने आईजी पनि सहमत झै देखिएका छन् । नयाँ नपठाउने नियम बनाएर केदार रिजाललाई महाशाखा पठाउन पनि आईजी सकरात्मक छन् । रिजाल भने डिआईजीको खेलमा छन् ।

 हाल महाशाखा प्रमुख अमात्यलाई काम गर्न नसकेको आरोप लगाउँदै गृहमन्त्री र आईजीले हटाउने बहाना खोजेका हुन । उता नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) मा डिआईजी बढुवा सुचिमा परेका पुस्कर कार्की जान खोजेका छन् । तर आईजी अर्यालले सचिवालयमा बसेर आफूलाई सहयोग गर्न भन्दै प्रबक्ताको जिम्मेवारी दिएपछि सिआईबीमा उत्तम कार्की जाने संभाबना बढेको स्रोतको दाबी छ । उता डिआईजी बाट एआईजी सुचिमा बढुवा हुदा दुई नम्बरमा धकेलिएका एसएसपी रमेश खरेल भने यतिखेर चुपचाप छन् । संगठनले जाँह पठाउँछ उतै जाने या मिशनमा समय थप्ने भन्ने तिर खरेल लागेका छन् । आईजी हुने संभाबना कम भएपछि खरेल यतिखेर ४ बर्ष मिशन मै बस्ने सोचाईमा छन् । जनप्रहार साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित