सरकार सीमा अतिक्रमणका विषयमा गम्भिर भएन : देउवा

sher bahadur deuba

 भीमदत्तनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको दाबी गरेका छन् ।

 कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाए ।

 'कालापानी नेपालको भू–भाग हो, उनले भने , “मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।' महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै देउवाले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताए । रासस

प्रतिक्रिया

सम्बन्धित