प्रेम हराउँदै गएको छ

rakul

  काठमाडौं । पछिल्लो समय अभिनेत्री राकुल प्रीत बलिउड, तमिल तथा तेलेगु फिल्महरूमा व्यस्त छिन् । हालै उनी एक बलिउड फिल्म अनुबन्धित भएकी छिन् । सो फिल्ममा उनी अर्जुन कपुरको जोडी बन्नेछिन् । हाल उनी सिद्धार्थ मल्होत्रा र तारा सुतरियासँग आफ्नो आगामी रिलिज ‘मरजावा’को प्रचार गरिरहेकी छिन् ।

यसै फिल्मको प्रचारका दौरान उनले ‘बाहुबली’ अभिनेता राणा दगुबत्तीसँगको बहुप्रचारित प्रेमसम्बन्धका बारेमा खुलेर कुरा राखिन् । सो क्रममा उनले आफू राणासँग कुनै प्रेमसम्बन्धमा नरहेको स्पष्ट पारिन् ।

‘हे भगवान ! हामी छिमेकी हौं र राम्रो साथी पनि । लक्ष्मी मंचु पनि हाम्रा साथी हुन् । जहिलेदेखि म फिल्ममा आएँ जबदेखि मेरो र राणाको मित्रता छ’, राकुलले भनिन् । यस्तो स्पष्टीकरणसँगै उनले आफू एक्लै रहेको र सम्बन्धका बारेमा सोच्नुका अलावा आफूसँग गर्नका लागि अन्य थुप्रै काम रहेको बताइन् ।

‘छुच्चो हुन भएन, थोरै दिमाग हुनुपर्यो र जीवन जिउने उदेश्य भएको हुनुप¥यो । मलाई लाग्छ, आजको समयमा प्रेम हराउँदै गएको छ । त्यसैले म ७० को दशकमा जन्मिनुपथ्र्यो भनेर ठट्टा गरिरहन्छु’ आफ्नो रोजाइमा कस्ता पुरूष पर्छन भन्ने बारेमा बताउँदै उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित