हत्याका फरार अभियुक्त पक्राउ

pakrau_2

  काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले सिन्धुपाल्चोकका एक युवकको हत्या गरी फरार भएका दुई जनालाई पक्राउ गरेको छ ।

गत दशैंमा सिन्धुपाल्चोक थाङपाल गाँउपालिका– ५ का विजय लामालाई गाडीको पट्टीले हानेर वीभत्स तरिकाले हत्या गर्ने दुई जनालाई आईतबार राती पक्राउ गरिएको बौद्ध प्रहरी वृत्तका प्रमुख डीएसपी रमेशबहादुर सिंहले माइन्यूज नेपाललाई बताए ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक थाङपाल गाँउपालिका–५ का २२ वर्षीय बमबहादुर स्याङ्वो र सोही स्थानका मिलन तामाङ रहेका छन् । उनीहरू दुवै जनालाई सोमबार सिन्धुपाल्चोक पठाइएको डिएसपी सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित