टिपरमा काठमाडौंका डनहरुको लगानी, सर्वेन्द्र खनालले दिए चेतावनी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख  एसएसपी सर्वेन्द्र खनालले टिपरले सडकमा आतंक सिर्जना गरेको धेरै गुनासो आएकाले त्यस्तालाई कानुनी दायरामा ल्याउने घोषणा गरेका छन्।

 टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको भन्दै त्यस्ता टिपर बन्द गर्ने एसएसपी  खनालले चेतावनी दिए । ट्राफिक ब्यवस्थापनबारे सोमबार  छलफलमा बोल्दै टिपर ब्यवसायी संघका प्रतिनिधिलाई खनालले भने - 'टिपरमा मललाग्दी हुनुको मुख्य कारण गुण्डाको लगानी पनि हो । म सँग त्यस्ताको नाममा रहेको ट्रिपरको लगत छ’ त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।’

 स्रोतका अनुसार काठमाडौं ,धादिङ, नुवाकोट,ललितपुर, भक्तपुरदेखी काभ्रे सम्मका अधिकांश बालुवा खानीमा गुण्डाहरुको लगानी रहेको छ ।

  ललितपुरका डन मिनकृष्ण महर्जन, काठमाडौंका डन दिपक मनाङगे, उमेश लामा, काभ्रेली समुहका नाइके नाइके गणेश लामा, दावा लामादेखी काजी शेर्पासम्मको टिपरमा लगानी रहेको छ ।

 ट्राफिक प्रहरी प्रमुख खनालले अनुभूति हुने गरी काठमाडौंको ट्राफिक ब्यवस्थापन सुधार हुने दाबी समेत गरेका छन् । आफूले काम सुरु गरिसकेको भन्दै उनले सबै पक्षको सहयोग भए केही समयमै रिजल्ट देखिने बताए ।

 उनले ट्राफिक बत्ति नहुँदा समस्या भएको भन्दै सरकारले जडान गर्न नसके निजी क्षेत्रले लगानी गर्नसक्ने बताए । ‘ट्राफिक बत्ति हालिदिन्छौं भनेर मान्छे आएका छन् । कि सरकाले छिटो गर्नुपर्‍यो, नभए गर्छु भन्नेलाई दिनुपर्‍यो’ खनालले भने ।  एसएसपी  खनालले आजै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित