चितवन मेडिकल कजेलभित्र भेटिएको पेस्तोल कस्को ?

cmc_1

  चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) हाताभित्र पेस्तोल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कलेजको कम्पाउण्ड भित्रको कर्नरमा पेस्तोल भेटिएको हो ।

शनिबार कलेजभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको थियो ।

मेडिकल कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु आन्दोलनमा उत्रिरहेका बेला कलेजभित्र हतियार भेटिनुलाई संयोग मात्र मान्न सकिन्न ।

प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द सिएमसीमै अध्ययनरत छन् ।

उक्त हतियार प्रकाशले नै ल्याएको हुनसक्ने अड्कलबाजी लगाए पनि सिएमसीले भने विद्यार्थीहरुले कलेजभित्र हतियार ल्याउन नसक्ने बताएको छ । आइतबार एक विज्ञप्ती जारी गरी सिएमसीले भनेको छ–‘यस्तो घृणित कार्यमा चितवन मेडिकल कलेजका विद्यार्थी लगायत कुनै सदस्यहरुको संलग्न नभएको कुरामा कलेज प्रशासन विश्वस्त छ ।

यस्तो संवेदनशिल विषयमा कपोकल्पित आरोप प्रत्यारोप नगरी घटनाको निश्पक्ष छानविनमा सहयोग गर्न सबैमा अपिल गर्दछौं । सार्वजनिक स्थलमा भएको यस प्रकारको गैह्रकानुनी कार्यको चितवन मेडिकल कलेज घोर भत्सर्ना गर्दछ ।

उक्त कार्यमा जो कोही भए पनि आवश्यक अनुसन्धान गरी कारबाहीको लागि अनुरोध गरिन्छ । यस्तो विषम परिस्थितिमा विद्यार्थीहरुको शान्ति सुरक्षाको लागि चितवन मेडिकल कलेज व्यवस्थापन सदैव तत्पर रहने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

यसैबीच प्रहरीले सिएमसीका पाँचजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ । होस्टलभित्र भेटिएको ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीका बारेमा अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित