रमेश बिजी बने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष (मत परिणाम सहित)

ramesh

  काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजी विजयी भएका छन् ।

पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी विष्णु खत्रीलाई पराजित गर्दै बिजी विजयी भएका हुन् ।

बिजीले ५८४ मत ल्याएका थिए भने खत्रीले ५४५ मत प्राप्त गरेका थिए । त्यस्तै तारापति सुवेदीलाई पराजित गर्दै राजु ढकाल प्रतिष्ठानको कोषध्यक्षमा निर्वाचित भए। ढकालले ७३५ मत ल्याउँदा सुवेदीले ३७२ मा सिमित भए ।

७ जना खुल्ला सचिवमा जीवन दाहाल (७३८), रमेशराज भट्टराई (७३३), कुलेन्द्र विश्वकर्मा (६७७), हरि डाँगी (६२६), प्रचण्ड जीसी (६०६), बसन्त थापा (५९०) र पुस्कल शर्मा (५७३) मतसहित निर्वाचित भएका छन् ।

त्यसैगरी महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर (९१२), जानकी तारमी मगर (८६६), अन्जली अधिकारी (८१०), जुनाश्रीष मगर (७९८), अम्बिका लुंगेली मगर (७६१), सरला पाण्डे (७३६) र सीता राना (६३२) चुनिएका छन् ।

१२ जना खुल्ला केन्द्रीय सदस्यमा देवी घर्ती (१०१४), पीएन सापकोटा (८७१०, प्रकाश सपुत (७८५), पुरुषोत्तम भण्डारी (७७९०, प्रकाश भट्ट (७५४), याम क्षेत्री (७३१), विमल अधिकारी ९७२३), महेन्द्र गौतम (६९९), दीपक गर्बुजामगर (६३००, सागर गुरुङ (५६६), विक्रम थापा (५२८) र युवराज मगर (५२५) निर्वाचित भएका छन् ।

त्यस्तै विदेश शाखामा रामकृष्ण बम मल्ल (७६७) र दुर्गा पंगेनी (५५८) विजयी भए ।

यता, वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा र महिला उपाध्यक्षमा राधिका हमाल, प्रतिष्ठानको नयाँ सचिवमा सुवास केसी तथा उपसचिवमा शंकर वीसी र शिव हमाल चुनिए ।

सांगठनिक सचिवतर्फ खुमन अधिकारी र महिला सचिवमा जमुना रानामगर निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्ष पदमा पूर्णकला वीसी पनि निर्विरोध विजयी भएकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित