प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अप्रेसन हुँदै

pm hospital

  काठमाडौं । मृगौलाको रोगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि एपेन्डीसाइटिस भएको छ ।

पेट दुख्ने समस्यापछि आज बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीको अहिले एपेन्डीसाइटिसको अप्रेसन भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए ।


प्रधानमन्त्री ओलीको रमेश सिंह, अरुण सायमि, दिव्य सिंहलगायत चिकित्सक टोलीले शल्यक्रिया गरिरहेको छ ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन्। उनको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथो पटक हेमोडायलसिस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित