प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

pm hospital

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो ।

अस्पतालका निर्देशक डा. अरुण सायमीले एपेन्डिसाइटिसको अपरेसन सकिएको जानकारी गराएका हुन् । उनका अनुसार अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भन्ने विषयमा भने उनले खुलाएनन् ।

उनले भने–‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्छ, कति दिन बस्नुपर्छ भन्ने विषयमा अहिल्यै भन्न सकिँदैन ।’

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली आज बिहान अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि शल्यक्रिया गरेका हुन् ।

१२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथो पटक हेमोडायलसिस गरिएको थियो।

1

 

प्रतिक्रिया

सम्बन्धित