प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको त्रिवि शिक्षण अस्पतालको भनाइ

kplin

kplin

 काठमाडौं । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको वताएको छ । अस्पतालले विज्ञप्ति जारी गरी भनेको छ - मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ ।

 हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ ।’ 'कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले सोमबार प्रेस विज्ञप्तिमार्फत सुधारको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीलाई सीमित व्यक्तिसँग बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन ।  प्रधानमन्त्रीले आइतबार साँझ आइप्याडबाटै सागको उदघाटन समारोह हेरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित