केरुङ नाका खुल्दै

काठमाडौं : केही समयदेखि ठम्प रहेको रसुवागढी नाका भोलिबाट सञ्चालनमा आउने भएको छ । नेपाली पक्षले शुक्रबार केरुङस्थित चीनको जिलोङ काउन्टीका प्रशासन, भन्सार प्रमुख, स्थानीय भन्सार प्रतिनिधि र भन्सार एजेन्टसँग वार्ता गरेपछि सामान आयात हुने भएको हो । क्लियरेन्स शुल्क वृद्धि गरिएपछि भन्सार ठप्प बनेको थियो । चीनीया पक्षले सोमबारबाट मूल्य घटाएर सामान क्लियरेन्स गर्ने बताएपछि भन्सार खुल्न लागेको रसुवा भन्सार कार्यालयले जनाएको छ । वार्तामा २५ सय आरएमवीसम्ममा क्लियरेन्स गर्न सकिने जनाएकाले भोलीबाट भन्सार खुल्न लागेको रसुवा भन्सार कार्यालय प्रमुख केदार पनेरुले बताए । चिनियाँ भन्सार एजेन्टले नेपाली प्रतिकन्टेनर १५ सय चिनियाँ मुद्र युआन (आरएमवी) क्लियरेन्स चार्ज लिने गरेकोमा बढाएर ५ हजार आरएमवी पुऱ्याएपछि केही दिनयता आयात ठप्प थियो । क्लियरेन्स शुल्क वृद्धि गर्दा नेपाली व्यवसायीले चीनको केरुङबाट सामान छुटाउन पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित