स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर

minu

  काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा मिनु गुरुङले स्वर्ण जितेकी छन् । गुरुङ सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।

लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा आज भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

मिनुको किर्तीमानिसँगै नेपालले सागमा बक्सिङबाट २० वर्षपछि पहिलो स्वर्ण पाएको हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

स्वर्ण जितेपछि उनले आफ्नी आामालाई सम्झिदै भनिन्–‘आमा तपाईंलाई धेरै मिस गरेको छु। तपाईँसँग अँगालोमा बाँधिन चाहन्छु।’

 

प्रतिक्रिया

सम्बन्धित