विश्वकै कान्छी प्रधानमन्त्री

sanna

  काठमाडौं । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वमै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेसँगै मरिनको नाममा नयाँ रेकर्ड बन्न लागेको हो ।

मरिन नेतृत्वमा फिनल्यान्डमा गठबन्धन सरकार निर्माण हुने भएको छ । उनको नेतृत्वमा बन्ने गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्।

उनले यसै साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको पद सम्हालेपछि उनी विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नेछिन् ।

हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएपछि राजीनामा दिएका थिए ।

युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नको ३९ वर्षकी छन् ।

प्रतिक्रिया

सम्बन्धित