दक्षिण अफ्रिकी सुन्दरी तुनजी बनिन् मिस युनिभर्स

miss univers

  काठमाडौं । यस वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरी जोजिविनी तुनजीले जितेकी छिन्।

अन्तिम प्रश्नको जवाफमा ‘म त्यहाँ हुर्किएँ जहाँका महिलाहरुको यस्तै रङको छाला, कपाल हुन्छ र तिनीहरुलाई सुन्दरताको कसीमा राखिन्न । मलाई लाग्छ अब त्यसो भन्ने समय सकियो। म चाहन्छु बच्चाहरु मजस्तै देखिउनु र उनीहरुको मुहारमा मेरो प्रतिबिम्ब रहोस्।’ भन्ने उत्तर दिएकी तुनजीले ताज पहिरेकी हुन् ।

मिस युनिभर्सको फस्ट रनरअपमा मिस मेक्सीको र सेकेन्ड रनरअपमा मिस प्युरितो रिको रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित