दुबईमा उपचार गराइरहेका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

parabej

  काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति एवम् पूर्वसैन्य शासक जनरल परवेज़ मुशर्रफ़लाई देशद्रोहको अभियोगमामृत्युदण्डको फैसला सुनाइएको छ।

पाकिस्तानको एउटा विशेष अदालतले लाहौर हाइकोर्टले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

बीबीसीकाअनुसार उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए।

‘उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।’ डन पत्रिकामा उल्लेख छ । –एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित