कोकाकोलामा लेदो भेटियो, कारबाही खोइ ?

पोखरा । खाद्य वस्तुमा चरम लापरवाही गर्नेमा वहुराष्ट्रिय कम्पनीका उत्पादनहरुले वेला वेलामा उपभोक्ताहरुबीच आतंक मच्चाइरहेका छन् । घरेलु तथा मझौला उद्योगहरुले नजान्दा नजान्दै कमजोरी गरिरहेका भेटिन्छन् भने ठूला–ठूला राष्ट्रिय र वहुराष्ट्रिय कम्पनी (उद्योग) हरुले बढि जान्ने भएर गम्भिर कमजोरी र लापरवाही गरेको प्रमाण भेटिएको छ । कानुनतः यि दुवै अक्षम्य र दण्डनिय अपराध हुन् । डावर नेपालका उत्पादनहरुमा अखाद्य वस्तु फेला परेपछि देशभर रियल जुस वहिस्कार गर्ने लहर नै चलेको थियो ।

 कारवाही गर्न ढोल वेस्सरी पिटेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्र देखिको शक्ति परिचालन ग-यो । बारा जिल्लाका सिडिओलाई कारवाही गर्ने चेतावनी दिइयो तर, नाङ्लो ठटाएर हात्ती तर्सिएन । भारती लगानीमा सञ्चालित डावर नेपालले सबैलाई थाङ्नामा सुतायो । करोडौं खर्च गरेर भएपनि आफ्नो कर्तुत लुकाउन सफल भएका छन् भारतीय लगानीका उद्योगहरु ।

 थुप्रै बहुराष्ट्रिय कम्पनीहरुले जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरि अखाद्य वस्तु मिसावट गर्ने, लेवल प्रकृया उल्लंघन गर्ने र म्याद गुज्रिएका वस्तुहरुको मिति सच्याएर समान विक्री गर्ने थुप्रै प्रकरणहरु सतहमा आइसकेका छन् । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको पनि चरम लापरवाही फेला परेको छ ।

 पोखराको वगर स्थित राजेन्द्र गौतमको गौतम होटलमा विक्रीको लागि राखिएको कोकमा जनस्वास्थ्यमाथि प्रत्यक्ष असर पार्ने अखाद्य वस्तु फेला परेको छ । त्यस्ता पेय पदार्थ सेवन गर्दा ज्यानै सम्म जान सक्छ । जीउ ज्यान नै जाने त्यस्ता चलेका व्राण्डहरुबाट नै भएका र सप्रमाण भेटिएका विषयमा कडा छानविन गरि न्यायिक कठघरामा उभ्याउनु पर्ने उपभोक्ताहरुको माग छ ।  कम्पनीबाटै भएको यो त्रृटि मात्र हैन चरम लापरवाही पनि हो ।

 यस्ता गंभिर प्रकृतिका गल्तीहरुमा कम्पनी सञ्चालकलाई नै पोखरा हाजिर गराएर दण्ड सजाय दिनु पर्छ । एउटा मजदुरलाई दोष दिएर एउटा कर्मचारीलाई घान हालेर उन्मुक्ति दिइनु हुँदैन । सिल व्याक भएको कोकाकोला बोतलमा कसरी लेदो पस्यो भन्ने हाम्रो जिज्ञाशामा वोटलर्स नेपालकी पोखरा प्रतिनिधि भावना वस्यालले आफूलाई यस वारेमा केही थाहा नभएको प्रतिकृया दिइन् ।

 आफ्ना उपभोक्ताप्रति गंभिर वेवास्ता हो उनको उत्तर । जनताको स्वास्थ्यमाथि धावा बोल्ने हरु आज थाहा छैन भन्न थालेका छन् । भोली कोकाकोला सेवन गरेर ज्यान गए के भन्लान् ? आम उपभोक्ताले सोच्नु जरुरी छ । उपभोक्ता सचेर भए मात्र पनि यस्ता लापरवाही न्यूनिकरण हुन्छ ।यूनाइटेड पोस्टमा खबर छ

प्रतिक्रिया

सम्बन्धित