रमेश बाहुन समूहका सुटर राई र दावा लामा समूहका धिताल पक्राउ

pakrau

  काठमाडौं । महानगरीय अपराध महाशाखाले गुन्डा नाइके रमेश बाहुन समूहका सुटर भनेर चिनिएका दुर्गा राई र मोस्ट वान्टेड गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताललाई पक्राउ गरेको छ ।

राई ३ वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति हुन् भने काभ्रेका धिताल यसअघि गुण्डा नाइके गणेश लामाको समूहमा थिए ।

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार व्यवसायीलाई धम्की दिएको उजुरीको आधारमा अनुसन्धानका लागि राई र धिताललाई पक्राउ गरिएको हो ।

कोटेश्वरबाट पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

बाहुन अहिले केन्द्रीय कारागारमा छन् भने लामा सिक्किमतिर लुकेर बसेको मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित