पूर्व माओवादीको कुखुरा फार्मबाट एसएमजी र १० हजार थान गोलीसहित एक बोरा विस्फोट पदार्थ बरामद

goli

 
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओावदी कार्यकर्ताको घरबाट सबमेसिन गन (एसएमजी), त्यसमा प्रयोग हुने ९ हजार ९ सय ८२ थान गोली र एक बोरा विस्फोटक पदार्थ फेला पारेको छ ।

बराहक्षेत्र नगरपालिका–५ एकताटोलस्थित खेम प्रधानको कुखुरा फार्ममा जमिनमुनि लुकाएर राखेको अवस्थामा आइतबार एसएमजी र त्यसमा प्रयोग हुने गोली ९ हजार ९ सय ८२ थान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार नेपाली सेना र प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा प्रधानको कुखुरा फार्म खानतलासी गर्दा उक्त हतियार परिमाणको गोली र विस्फोटक पदार्थ फेला परेको हो।

अहिले अत्याधुनिक हतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको स्थल आसपास सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर थप अनुसन्धान भइरहेको पोखरेलले बताए ।

कुखुरा फार्म संचालक प्रधान द्वन्द्वकालमा माओवादीका कार्यकर्ता रहेको बताइएको छ ।

उनले २०६७ सालमा घरमा नै कुखुरा फर्म खोलेका थिए।
फर्म ढलान गरिएको जमिन मुनि हतियार र गोली भेटिएकोले ती २०६७ सालअघि कै भएको हुनसक्ने प्रहरीको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित