प्रहरीको सरुवामा गृहमन्त्रीको ठाडो हस्तक्षेप, भतिजलाई वैदाम इञ्चार्ज

काठमाडौं । प्रहरीमा चेन अफ कमान्ड कायम राख्ने र सरुवा , बढुवामा हस्तक्षेप नगर्ने घोषणा गरेका गृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले आफ्ना भतिज वसन्त शर्मालाई वडा प्रहरी कार्यालय वैदाममा काज सरुवा गरेर नातावादलाई प्राथमिकता दिएका छन् । वसन्त शर्मा नगर प्रहरी ललितपुरमा दरवन्दीरत छन् । केहि समय पछि नियमित (दरवन्दी) सरुवा निस्कदै थियो ।

 नियमित सरुवामा वैदाम इञ्चार्ज वन्न दर्जनौ इन्सपेक्टरहरुको 'इन्ट्रेष्ट' रहने र त्यहि वमोजिमको दवाव र चलखेल हुने भएपछि गृहमन्त्रीको आग्रहमा आइजीपी प्रकाश अर्यालले वसन्त शर्मालाई काज सरुवाको निर्णय गरि वैदाम पठाएका छन् । वडा प्रहरी कार्यालय वैदाम नेपालकै चर्चित र आकर्षक कमै युनिट मध्य एक हो ।

 यसअघि पनि यहाँ सरुवा हुन 'टप पावर' नै प्रयोग हुने गरेको थियो । खास गरि आइजीपीका सचिवालय, गृह मन्त्रीका पिएसओ वा प्रधानमन्त्रीका निकटका इन्सपेक्टरहरु मात्रले सफलता पाउँछन् । यस पटक गृहमन्त्री अलि कडा र निस्पक्ष देखिएकाले आफन्त र वरपरका मान्छे हेरिन्न कि भन्ने धेरैले अपेक्षा गरेका थिए । तर, दुषित हावापानीको प्रभाववाट मुक्त हुन गृहमन्त्री जनार्दन पनि सकेनन् । वडा प्रहरी कार्यालय वैदाम किन सवै जसो इन्सपेक्टरको रोजाइमा पर्छ भन्ने कुरा उनीहरुकै इन्ट्रेस्टवाट उठेको विषय हो । पर्यटकीय केन्द्र लेकसाइड देखि पोखराको मुख्य वजार क्षेत्र समेत वैदामको कार्यक्षेत्रमा पर्छ ।

 लेकसाइडमा चल्ने कतिपय अवैध धन्दा नियन्त्रण, मसाज सेन्टर, गुण्डागर्दी नियन्त्रण गर्नु चुनौती त छ नै अझै त्यसवाट आउने रेस्पोन्स उत्तिको मीठो हुने कार्यरतहरुको अनुभव सुन्न पाइन्छ । इन्सपेक्टर भएर अन्यत्र गइसकेकाहरु वैदाममा डिएसपीको दरवन्दी भइदिए फेरि यहि आउन हुन्थ्यो भनेकाहरुले वैदामलाई वढि आकर्षक अड्डा वनाएका छन् । आकर्षक भएरै होला वैदाम प्रहरी प्रमुख हुन गृहमन्त्री वा आइजिपी अनुकम्पा चल्दै आएको छ । जुन यसपाली पनि चल्यो ।  लेकसाइड क्षेत्रलाई २४ सै घण्टा संचालन गर्ने घोषणा नेपाल सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित