कपडा गोदाममा आगलागी हुँदा एकै परिवारका ९ जनाको मृत्यु

india

  काठमाडों । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ भने दशजनाभन्दा बढी घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा एउटै परिवारका सदस्यहरु रहेको बताइएको छ ।

उत्तरपूर्वी दिल्लीको किरारी क्षेत्रमा रहेको तीन तले भवनको भुँइतलामा रहेको कपडा गोदाममा आइतबार राति करीब साढे बाह्र बजे आगो सल्केको थियो ।

आगलागी खाना पकाउने ग्यास सिलिण्डर पड्केर भएको प्रारम्भिक अनुमान छ ।

यसअघि ८ डिसेम्बरमा दिल्लीकै रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डी बजारमा रहेको एउटा झोला र खेलौना कारखाना रहेको भवनमा बिजुलीको तार सट भएर आगालागी हुँदा ४३ जनाको ज्यान गएको थियो भने १५ भन्दा बढी घाइते भएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित