आफु निकट डिआईजीहरुको अबधि लम्ब्याउने खेलमा सशस्त्रका आईजीपी

Shailendra-Khanal-APF

 काठमाडौं। सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले आफु निकट डिआईजीहरुको जागिरको अबधि लम्ब्याउने चलखेल गरेको समाचार छ। केही डिआईजीले जागिर अवधि ६ वर्ष बनाउन सशस्त्र प्रहरी नियमावली संशोधन गराउने चलखेल अघि बढाएपछि उनले त्यसलाई साथ दिएका हुन ।

 सेवा अबधि ५ वर्ष पुरा गरेर अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन डिआईजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द्र धितालले नियमावली संशोधन गरेर आफ्नो जागिर लम्ब्याउन खोजेका हुन् । डिआईजीको पाँच वर्षे पदावधिका कारण आगामी साता उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् ।

 नियमावलीमा डिआईजीको पदावधि पाँचबाट ६ वर्ष बनाएर उनीहरुले जागिर लम्व्याउन खोजेका हुन् । नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको करिअरमा असर पर्ने भन्दै गृहका अधिकारीले प्रस्ताव अघि नबढाए पनि आईजीपी खनाल भने उनीहरुलाई नै उचालेर बसेको स्रोत वताउंछ। आईजीपी खनालले उनीहरुलाई राजनीतिक लबिङका लागि नेताको घर जान समेत सुझाव दिएको एक डिआईजीले वताए।

प्रतिक्रिया

सम्बन्धित