लक्ष्मी बैंक र सेलपेबीच सम्झौता

cell pay

  काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेबीच सहकार्य गरेर अगाडि बढ्ने सम्झौता भएको छ । बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सहकार्य सम्झौता गरेको सेलपेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत विभिन्न भुक्तानीहरु गर्दा आकर्षक लोयल्टी पोईन्ट पनि सेलपेले जनाएको छ ।

सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको छ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ सेलकम प्रालिको दावी छ ।

सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट लक्ष्मी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल भुक्तानी गर्न सकिने छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मीबैंकले १२० शाखाहरु र १४५ एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित