विमान दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु

bimab

  काठमाडौं । कजाकस्तानमा विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो ।

अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै गरेको विमान टेकअफ गर्नेबित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताइएको छ। विमान उड्ने समयमा उक्त स्थानमा बाक्लाे कुहिराे लागेकाे पनि अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बीबीसीका अनुसार चालक दलसहित ९८ जना यात्रु बोकेको दुर्घटनामा घाइते भएका बालबालिकासहित ६० जनालाई उद्धार गरी अस्पताल लगिएको छ।

अलमाटी विमानस्थलका अधिकारीहरुमा अनुसार विमानमा ९३ यात्रु र ५ जना क्रु मेम्बर थिए।

विमानस्थलनजिकै एउटा भवनमा ठोक्किएर दुर्घटनाग्रस्त विमानमा
आगलागी भने नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित