‘समृद्ध नेपाल बनाउने क्या गजब काइदा’

baburam bhattarai

  काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोकर्ण फरेस्ट रिर्सोटको समयावधि थप गरिएकोप्रति वर्तमान सरकारको व्यंग्य गरेका छन् ।

वर्तमान सरकारको व्यंग्य गर्दै सामाजिक सञ्जालमा ट्वीटरमा उनले लेखेका छन्–‘उसो भए पुरै देश ‘यती’कै जिम्मा लगाए भैगो, समृद्ध नेपाल बनाउने क्या गजब काइदा ।’

आफ्नो ट्वीटरमा अन्नपूर्ण पोष्टको कार्टुन ‘चियोचर्चो’ को स्कृन सर्ट राख्दै डा. भट्टराईले लेखेका छन्–‘‘यति’को खोजीमा वैज्ञानिकहरू आजित भएको वेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन् ! नेपाल ट्रष्टका पदाधिकारहरूले ‘यति’ नहुने हो भने गोकर्ण फरेष्ट इ. गौचरन बन्ने ठोकुवा गरेछन् ! उसो भए पूरै देश ‘यति’कै ज़िम्मा लगाए भैगो ! समृद्ध नेपाल बनाउने क्या ग़ज़ब काइदा !’

मन्त्रिपरिषद्को २०७६ मंसिर २३ गतेको बैठकले यती समूहलाई पुरानो लीज अवधि नसकिँदै २०२५ अगस्ट १५ बाट अर्को २५ वर्षका लागि नयाँ लीज अवधि थप्ने निर्णय गरेको थियो ।

सरकारले पुरानो लीज नसकिँदै यती होल्डिङ्सलाई नै थप २५ वर्षका लागि लीज बढाएको हो ।

नेपाल ट्रस्टको नाममा रहेको जग्गा कौडीको मूल्यमा यती होल्डिङ्सलाई दिइएको विषयमा चौतर्फी रुपमा विरोध भइरहेको छ । यती समूहलाई थप २५ वर्षका लागि लीज थप्नुअघि सरकारले नेपाल ट्रस्टको ऐन संशोधन गरेको थियो ।

ट्रस्ट २०६४ सालमा पूर्वराजपरिवारका सम्पत्ति सरकारको मातहतमा ल्याई राष्ट्रिय हितमा प्रयोग गर्ने उद्देश्यले स्थापना भएको संस्था हो ।

 

प्रतिक्रिया

सम्बन्धित