भ्रमण वर्षको अघिल्लो दिन चिनियाँ राजदूत तस्वीरसहितको शुभकामना

Hou Yanqi

  काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष भोली अर्थात सन् २०२० जनावरी १ बुधबारबाट शुरु हुँदै छ ।

भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष शुरु हुनु अघिल्लो दिन नेपालका लागि चिनियाँ राजदूत होउ याङीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो तस्वीर अपलोड गरी राजदूत याङीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई समेत ट्याग गरेर शुभकामना व्यक्त गरेकी छन् ।

राजदूत याङीले काठमाडौंका पर्यटकीय स्थलहरुमा पुगेर कैद गरिएका तस्वीर अपलोड गरेकी छन् ।

तस्तिरका साथमा राजदूत होउले भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् ।

उनले लेखेकी छन्–‘True beauty always touches the deep heart. Beautiful Nepal with history, diversity and nature deserves a visit. Wish #VisitNepal2020 successful!

२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना !'

 

प्रतिक्रिया

सम्बन्धित